श्री नारायणी माध्यमिक विद्यालय

गुणस्तरीय, व्यवहारिक र संस्कारयुत्तफ् शिक्षा प्रदान गर्दै आएको सामुदायिक शैक्षिक संस्था। वि.स. २०३६ देखि शैक्षिक सेवामा समर्पित।

४७
वर्ष देखि सेवा
३०७
विद्यार्थीहरू
१९
शिक्षक/कर्मचारी
१०
कक्षा सम्म

हाम्रो दृष्टि र उद्देश्य

विद्यालयको मुख्य दृष्टि र उद्देश्यहरू

हाम्रो दृष्टि

"बालमैत्री वातावरण निर्माणका साथ जीवनोपयोगी व्यावहारिक एवं रोजगार उन्मुख शिक्षा प्रदान गर्ने विद्यालय"

हाम्रो उद्देश्य

  • औषत सिकाइ उपलब्धि वृद्धि गर्ने
  • विद्यालय वातावरणलाई सुरक्षित एवं बालमैत्री बनाउने
  • विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने
  • प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने

हाम्रो बारेमा

श्री नारायणी माध्यमिक विद्यालयको स्थापना र विकासको इतिहास

विद्यालयको परिचय

गण्डकी प्रदेश, नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका वार्ड नं. ७ मा अवस्थित श्री नारायणी मा.वि. को स्थापना वि.स.२०३६ साल पौष १० गते भएको हो। समाजको विकासको लागि अपरिहार्य शिक्षा भन्ने कुरालाई आत्मसाथ गर्दै यस गैंडाकोट वडा नं. ७ र ९ का स्थानीय समाजसेवी, वुद्धिजीवी तथा शिक्षाप्रेमी, अभिभावकहरुको अगुवाईमा श्री नारायणी माध्यमिक विद्यालयको स्थापना भएको हो।

विद्यालय विकासक्रम

स्थापनादेखि अहिलेसम्मको यात्रा

वि.स. २०३६

विद्यालयको स्थापना

पौष १० गते विद्यालयको स्थापना भएको

वि.स. २०४०/०४१

कक्षा १ को स्वीकृति

कक्षा १ को स्वीकृति प्राप्त गरी १ शिक्षक दरवन्दी प्राप्त

वि.स. २०४६

कक्षा १-५ स्वीकृति

कक्षा १–५ को स्वीकृति पाई ५ जना शिक्षक दरवन्दी प्राप्त

वि.स. २०५६/०५७

निमावि सञ्चालन

त्रफ्मशः निमावि सञ्चालन अनुमति प्राप्त

वि.स. २०६८

कक्षा १० सञ्चालन

कक्षा १० सञ्चालनमा ल्याएको

शैक्षिक कार्यक्रम

प्ले–नर्सरीदेखि कक्षा १० सम्मका शैक्षिक गतिविधिहरू

विद्यार्थी विवरण (२०८२)

कक्षा अनुसारको विद्यार्थी संख्या

विद्यार्थी तथ्याङ्क

कक्षा छात्रा छात्र जम्मा दलित जनजाती
प्रारम्भिक बालविकास ३७ ३३ ७० १५ २८
कक्षा १-५ जम्मा ५५ ६३ ११८ ३९ ६१
कक्षा ६-८ जम्मा ४१ ४४ ८५ २३ ४९
कक्षा ९-१० जम्मा २१ १३ ३४ २३
कुल जम्मा (बाल-१०) १५४ १५३ ३०७ ८३ १६१

सिकाइ उपलब्धि विवरण (२०८१)

कक्षा अनुसारको विषयगत औषत उपलब्धि

औषत सिकाइ उपलब्धि

कक्षा नेपाली अंग्रेजी गणित सामाजिक विज्ञान कक्षागत औषत
कक्षा १ २.२५ १.४५ २.४० २.१३ - २.१२
कक्षा २ २.१० २.६४ २.९३ २.८० - २.६९
कक्षा १-५ औषत २.२२ २.१८ २.३७ २.५० २.१६ २.३०
कक्षा ६-८ औषत २.०९ २.२४ १.७४ २.२७ २.१५ २.०९
कक्षा ९-१० औषत २.५१ १.८७ १.६६ २.१६ १.७० १.९९

शिक्षक र कर्मचारी

गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यप्रति समर्पित हाम्रा शिक्षकहरू

शिक्षक विवरण

हाम्रा अनुभवी र समर्पित शिक्षक कर्मचारीहरू

श्री मिलन श्रेष्ठ

प्रधानाध्यापक

स्नातक (बी.एड), एम.ए (ग्रामिण विकास)

नियुक्ति: २०७१/०४/२६

९८४२८५६२६९

श्री लालचन्द्र सुवेदी

सहायक प्रधानाध्यापक

स्नातक (विज्ञान), स्नातकोत्तर

नियुक्ति: २०७२/१०/२९

९८४६१९६७१७

श्री जगन्नाथ उपाध्याय

सहायक प्रधानाध्यापक

१०+२ (विज्ञान), ः।भ्म्

नियुक्ति: २०७१/०५/१३

९८४५३३०९३४

श्री प्रदिप सुवेदी

गणित शिक्षक

स्नातक, स्नातकोत्तर (गणित)

नियुक्ति: २०८०/०९/०४

९८६८५३३०३२

श्री अस्मिता अधिकारी

स्वास्थ्य सेवा (नर्स)

१०+२, नर्सिङ/बि.एड

नियुक्ति: २०७७/०९/०५

९८६६३७९०७१

श्री बखत बहादुर वि.क.

यातायात (बस चालक)

अनुभवी चालक

दीर्घकालीन सेवा

प्रधानाध्यापकको सन्देश

श्री मिलन श्रेष्ठ, प्रधानाध्यापक

प्रधानाध्यापकको सन्देश

श्री नारायणी माध्यमिक विद्यालयको तपफर््बाट सम्बन्धित सम्पूर्ण निकायहरू, शिक्षा प्रेमी महानुभावहरू तथा शुभेच्छुकहरूलाई हार्दिक अभिवादन व्यत्तफ् गर्दछु । यस शैक्षिक संस्थाको परिचय, उद्देश्य र उपलब्धिबारे जानकारी गराउन पाउँदा मलाई अत्यन्त गौरवको अनुभूति भएको छ।

गैँडाकोट वडा नं ७ र ९ का असंख्य विशिष्ट व्यत्तिफ्त्वहरू, समाजसेवीहरू तथा शिक्षा प्रेमीहरूको अथक प्रयासबाट वि.सं. २०३६ सालमा स्थापित श्री नारायणी माध्यमिक विद्यालय आज एक प्रतिष्ठित सामुदायिक सरकारी शैक्षिक संस्थाको रूपमा परिचित भइसकेको छ । यस विद्यालयको स्थापना तथा विकासमा अमूल्य योगदान पुर्‍याउनु हुने अग्रणी व्यत्तिफ्त्व आदरणीय स्व. पदमलाल सापकोटा प्रति म विशेष सम्मान र कृतज्ञता व्यत्तफ् गर्दछु।

हाम्रो विद्यालयको मूल उद्देश्य सबै वर्ग, जाति र समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु, उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु, अनुशासित र स्वस्थ शैक्षिक वातावरण निर्माण गर्नु र व्यहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूको ज्ञानप्रतिको तृष्णा मेटाउनु हो।

अभिभावकहरूको आवश्यकता र चाहनाअनुसार विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको छ। विशेषतः आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर प्रदान गर्दै सामाजिक न्याय र समानताको अभ्यास गरिँदै आएको छ । शैक्षिक उपलब्धिको दृष्टिले हेर्दा विद्यालयले राम्रो प्रगति त्रफ्मिक रुपमा गर्दै गइरहेको छ ।

श्री मिलन श्रेष्ठ

प्रधानाध्यापक
श्री नारायणी माध्यमिक विद्यालय
गैंडाकोट, नवलपरासी

सम्पर्क गर्नुहोस्

हामीसँग सम्पर्क राख्नुहोस्

हाम्रो ठेगाना

ठेगाना

गैंडाकोट नगरपालिका वार्ड नं. ७
शितलनगर, नवलपरासी जिल्ला
गण्डकी प्रदेश, नेपाल

सम्पर्क नम्बर

प्रधानाध्यापक: ९८४२८५६२६९
विद्यालय कार्यालय: ०७८-५२०११२

ईमेल

shreenarayanischool@gmail.com

कार्य समय

सोमबार - शुक्रबार: प्रात: १०:०० - अपराह्न ४:००
कार्यालय: प्रात: ९:०० - अपराह्न ५:००

सम्पर्क फारम